मोटरबाटो नपुगेको हुम्लाको तीन गाउँपालिकामा जनता बैंकको शाखा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 06:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी कारोवार सुरु गरेको छ ।बैंकले हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरेको हो ।   यि शाखाहरुबाट निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु गरिएको बैंकले जनाएको छ । 

उच्च पहाडी तथा हिमाली  क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यि शाखाहरु महत्वपूर्ण हुने र हालसम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

यि शाखाहरु समेत गरी जनता बैंकको शाखा सञ्जाल १२६ पुगेको छ ।  यि शाखाहरु अतिरिक्त बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved