माछापुच्छ्रे बैंकका ग्राहकलाई सिद्वार्थ हस्पिटालिटिमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 05:22:01 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  र सिद्वार्थ बिजिनेश ग्रूप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब बैंकका ग्राहकले कम्पनी अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट र क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

 बैंकले १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved