मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने मुद्दती योजना, मासिक ब्याज भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 05:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले  “६ गुणा” सम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना” ल्याएको छ । बैंकका अनुसार यस योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।

त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ। बैंकका अनुसार यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने छ ।

यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ । आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दती खाता खोली यस योजनाबाट लाभान्वित हुन ग्राहकहरुलाई बैंकले आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved