आज दिउँसो पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 02:04:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ  । राष्ट्र बैंकले आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्न लागेको हो  ।

राष्ट्र बैंकले समसामियक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन आयोजना गरेको उल्लेख गर्दै सञ्चारकर्मीहरुलाई पत्राचार गरेको छ । विरलै पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकले अचानक पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ  ।

आज बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका थिए  । छलफलमा प्रधनामन्त्री प्रचण्डले  अर्थतन्त्रको अवस्था, र  बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन दिएका थिए ।  निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पूँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका थिए। उनीहरुले राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षपछि धकेल्न माग गर्दै आएका थिए  ।

पछिल्लो समय व्यवसायीको माग अनुसार चालु पुँजी कर्जा मार्गदर्शनलाई संशोधन गर्न राष्ट्र बैंक तयार देखिएको छ । सोमबार राष्ट्र बैंकले व्यवसायीहरुसँग छलफल गरेको थियो । सोमबार छलफलमा सहभागी भएका नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिषदका अध्यक्ष तथा उपाध्यक्षहरुले अहिलेनै चालुपुंजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यन्वयन गर्दा आफुहरु अप्ठ्यारोमा पर्ने भन्दै यस सम्बन्धी व्यवस्था थप दुई बर्षलाई स्थगित गर्नलाई आग्रह गरेका थिए। गभर्नर महाप्रसाद अधिकारीले चालूपुंजी कर्जा सम्बन्धी मार्गदर्शन लागू गर्नुको विकल्प नभएको तर यसका केहि व्यवस्था संशोधन गरेर व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्दता जनाएको छलफलमा सहभागी एक व्यवसायीले बिजपाटीलाई बताएका थिए।  ती व्यवसायीकाअनुसार राष्ट्र बैंकले नयाँ चालूपुंजी कर्जा लिनेलाई चालूपुंजी कर्जा सम्बन्धी मार्गदर्शन लागु गराउने तर पुराना ऋणीले यो कानुन थप दुई बर्षसम्म छुट दिने आश्वासन दिएको छ।  

पत्रकार सम्मेलन मार्फत यिनै विषयमा जानकारी दिने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved