यस्तो छ तोकिएकोभन्दा बढी लिएको चालुपुँजी कर्जा तिर्ने तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 04:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो 

राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले मार्गदर्शन सशोधन गरेको बताएका हुन् । उनका अनुसार मार्गदर्शनमा ५ वटा संशोधन गरिएको छ 

संशोधित ब्यबस्था अनुसार मार्गदर्शनले तोकेको सीमाभन्दा बढि कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो रकमलाई २०८२ असार मसान्तसम्म अर्धवार्षिक रुपमा भुक्तानी हुने गरी आवधिक कर्जा शीर्षकमा मिलान गर्नुपर्नेछ । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन ।

यस्तो छ बढी लिएको भए कर्जा तिर्नु पर्ने तालिका :


यस्तो कर्जाको अवधि, भुक्तानी तालिका, तथा किस्ता रकम परिवर्तन गर्न पाइने छैन । साथै, यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन पाउने छैनन् ।

अब चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९÷०७÷०१ पूर्व प्रवाह भएका चालु पुँजी कर्जाहरुलाई यस मार्गदर्शनअनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरणको सिलसिलामा कर्जा सीमाहरुलाई Fluctuating Working Capital तथा Permanent Working Capital अन्तर्गतका शीर्षकमा मिलान गर्दा कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकिकरण वा पुनरसंरचना भएको मानिने छैन । 


हेर्नुस् संशोधित मार्गदर्शन 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved