अब हरेक वर्ष साउनको पहिलो साताभित्रै मौद्रिक नीति, त्रैमास सकिएको ३० दिनभित्र समिक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 06:27:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बा हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साता भित्रमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) जारी गर्दै यस्तो ब्यबस्था गरेको हो 

नयाँ ब्यबस्था अनुसार  नेपाल राष्ट्र बैंकको संचालक समितिबाट पारित भएपछि सामान्यतः वार्षिक हरेक आर्थिक वर्ष शुरु भएको पहिलो हप्ताभित्र मौद्रिक नीति सार्वजनिक गरिने छ । त्रैमासिक तथा अर्द्धवार्षिक समीक्षा हरेक त्रयमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।

संशोधित ब्यबस्था अनुसार मौद्रिक नीति सार्वजनिक भएको एक हप्ताभित्र आर्थिक अनुसन्धान विभागले अन्य विभागसँगको समन्वयमा कार्यान्वयन तालिकाको मस्यौदा तयार गर्नेछ । कार्यान्वयन तालिकाको मस्यौदा तयार पार्दा मौद्रिक नीतिको प्रावधान, कार्यान्वयन मापन गर्ने सूचक, अपेक्षित उपलब्धी, जिम्मेवार विभाग र कार्यान्वयन गर्न लाग्ने समय सहितको तालिका तयार गर्नुपर्नेछ ।

मौद्रिक नीतिको कार्यान्वयन तालिका व्यवस्थापन समिति समक्ष पेश गरिने र  समितिको बैठकबाट पारित मौद्रिक नीतिको कार्यान्वयन तालिका कार्यान्वयनका लागि विभागले अन्य विभागहरुलाई पत्राचार गर्नेब्यबस्था गरिएको छ ।

मौद्रिक नीति तयार पार्ने क्रममा प्राप्त राय÷सुझाव, तथ्याङ्क, विवरण एवम् जानकारी यसमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा संलग्न हुने बैंकका कर्मचारी तथा संचालकहरु सबैले मौद्रिक नीति सार्वजनिक नभएसम्मका लागि गोप्य राख्नु पर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved