५० रुपैयाँ दरका ३० करोड थान नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 04:08:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ३० करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो ।

राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । ५० रुपैयाँ दरका ३० करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले ५० लाख ४८ हजार ७ सय ८० डलर १७ सेन्ट्स (मंगलबारको विदेशी विनिमय दरअनुसार रु ६६ करोड २२ लाख १२ हजार) बराबर कबोलेको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved