वाणिज्य बैंकको संख्या २२ कायम, मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 08:39:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २७ गतेबाट नेपालमा वाणिज्य बैंकको संख्या २२ कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपस मर्ज भई आज पुस २७ गतेबाट एकिकृत कारोबार सुरु गरेसँगै वाणिज्य बैंकको संख्या २२ कायम भएको हो।

 मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो । मर्जर पछि बैंकको कुल सम्पति ४७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप् ३६० अर्ब, कुल कर्जा ३२९ अर्ब, शाखा संजाल २९६ वटा, एटिएम २७९ वटा, तथा ग्राहक संख्या ३० लाख कायम भएको छ ।

दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयल पुस २१ गते  मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । 

सोहि अनुसार २७ गते बुधबारदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।  मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान दरबारमार्गमा  रहने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved