धेरै लाभांश दिने बैंकले शेयर र धितो बेचेका छन्, १५ प्रतिशत लाभांश उपयुक्त हुन्छ: अध्यक्ष पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 04:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले नेपालका बैंकहरुको सञ्चालन मुनाफा कम्तिमा पनि १५ प्रतिशत हुनुपर्ने बताएका छन्। बुधबार बैंकको एकिकृत कारोबारको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले बैंकहरुको सञ्चालन नाफा निरन्तर घटदै गएको बताउँदै यस्तो बताएका हुन्।

उनका अनुसार अहिलेको अवस्थामा बैंकहरुको मुनाफा ११ प्रतिशत भन्दा माथि छैन। स्वस्थ प्रतिस्पर्धा र कोर बैंकीङ्ग व्यावसायबाट मात्रै अहिलेको अवस्थामा कुनै पनि बैंक २०/२२ प्रतिशत लाभांशमा दिन सक्ने अवस्थामा नरहेको उनको भनाई छ। ‘केही बैंकले २०/२५ प्रतिशत लाभांश दिएका छन्’ उनले भने, ‘तिनिहरुले कि सेयर कारोबार गरेर, कि धितो बेचेर लाभांश दिई रहेका छन्।’

यद्यपी बैंकहरुको यस्तो नाफा बैंकको वास्तविक बैंकिङ्ग आम्दानीबाटै कम्तिमा पनि १५ प्रतिशत हुनुपर्ने उनको भनाई छ। उनले लाभांश पनि १५ प्रतिशत उपयुक्त हुने बताएका छन्  । यो लाभांश दर न आर्कषक न त निराशजनक हुने उनको बुझाई छ।

उनले मिडिया, व्यावसायी तथा अन्य सरोकारवाला निकायहरुले अंक गनेर बैंकहरुले कमाएको प्रचार गर्नु गलत रहेको दाबी गरे। ‘बैंकले ४, ५ अर्ब कमायो भन्दै गर्दा नाफाको लगानीकर्तासँगको अन्तरसम्बन्धलाई किन केलाउनुहुन्न।’ उनले भने, ‘५८ अर्ब सम्पत्ति हुँदा ५ अर्ब कमाउन नहुने, त्यो कसरी बढी भयो र यसमा आँखा लगाउनुपर्ने?’ 

उनले ८÷९ प्रतिशत मुद्रा स्फिति हुने देशमा बैंकले १०÷११ प्रतिशत कमाउनु दयनिय भएको बताए। ‘हो, विदेशमा वार्षिक इनफ्लेसन २/३ प्रतिशत हुन्छ। नाफा १० प्रतिशत हुन्छ। त्यो राम्रो हो।’ उनले भने, ‘जुन देशमा १० प्रतिशतको इनफ्लेशन छ, त्यहाँ १०/११ प्रतिशत लाभांश कसरी सन्तोषजनक हुन सक्छ?’ मुलुकको महँगी वृद्धिको तुलनामा १५ प्रतिशतको लाभाश न्युनतम चाहिने उनको बुझाई रहेको छ ।

पाण्डेले बैंक मर्ज भएर ठुलो हुँदा लगानीकर्ता तथा निक्षेपकर्ताको पैसा थप सुरक्षित हुने बताए। अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंककै कुरा गर्दा ५८ अर्ब बढी मासेमा मात्रै जनताको रकम जान्छ, जुन सामान्य कुरा होईन। यतिका रकम सजिलै मास्न नसकिने हुँदा निक्षेपकर्ताको विस्वास थप हुने उनको बुझाई छ।

त्यस्ते पाण्डेले निकट भविष्यमा बैंक मर्जरको अर्काे लहर आउने दाबी गरेका छन्। त्यो लहरले नेपालमा बैंकहरु ७/८ वटामा सिमित गर्ने र त्यो भन्दा बढी आवश्यकता समेत नभएको बताएका छन्। नेपालको जनसंख्या तथा सानो अर्थतन्त्र भएको मुलक भएको कारण धेरै बैंक नचाहिने र नधान्ने उनको बुझाई छ।

तर कम संख्यामा भएका बैंकहर जिडिपीमा राम्रो योगदान गर्न सक्नेहुनुपर्ने बताए। अहिले नेपालको जिडिपी ३६ मिलियन डलर छ। बैंक २२ वटा बैंक भएपनि प्रति बैंकको जिडिपिमा योगदान एकदमै न्युन रहेको बताए। भारत, बंगलादेश, थाइल्यान्ड, श्रीलंका, मलेसिया लगायतका बैंकमा बैंकको योगदान जिडिपिमा राम्रो योगदान रहेको बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved