राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 07:44:24 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश पारिति गरेको छ। सभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैंया नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको हो । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैंया हुने छ।

त्यस्तै सभाले गत आर्थिक वर्ष (२०७८/०७९) को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।  बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए।

उनले बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिबृद्धि ल्याउन विजनेश प्रोशेस री इन्जीनियरिङ, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए। 


साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved