एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 03:50:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा बैंकको साधारणसभा सम्पन्न भएको हो।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन÷थप गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले मिति २०७९÷०७÷०२ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved