पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2023 | 08:49:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब बढी तरलता प्रवाह गरेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह भएको हो ।

राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् रू २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved