फिर्ता ल्याएको ३ दिनमै बैंकिङ प्रणालीमा पैसा पठाउन बाध्य राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 08:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाले ५० अर्ब रुपैयाँ भन्दा बढी माग गरेका छन्। बुधबार राष्ट्र बैंकले आह्वान गरेको ३० अर्ब रुपैयाँको रिपोमा बैंक तथा वित्तीय संस्थाले ५० अर्ब १५ करोड रुपैयाँ बराबरको बोलकबोल गरेको राष्ट्र बैंकले जनाएको छ। जुन बोलकबोल रकम जारी गरेको तुलनामा ६७ प्रतिशतले बढी हो।

राष्ट्र बैंकले माघ २९ गते मात्रै बैंकिङ्ग प्रणालीबाट पैसा फिर्ता लगेको थियो। गत पुस दोस्रो साता अर्थात पुस १४ गते ४५ दिनको लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ राष्ट्र बैैंकले बजारमा पठाएको थियो। उक्त रिपो परिपक्क भएपछि माघ मसान्तमा बैंकहरुले फिर्ता गरे। 

राष्ट्र बैैंकले पैसा फिर्ता लगे लगत्तै माघ १ गते अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुग्यो। जबकी माघ १६ गतेसम्म यस्तो ब्याजदर ४.९ प्रतिशत थियो। माघको अन्तिम सातासम्म अन्तर बैंक ब्याजदर ४.१ प्रतिशतमा थियो। राष्ट्र बैंकले बजारको अवस्थालाई सोचविचार नगरि पूर्व निर्णय अनुसार फिर्ता लग्ने संकेत देखेपछि बैंकहरु पुनः अन्तर बैंक ब्याजदर बढाउन सुरु गरे । फलस्वरुप दुई सातामा अन्तर बैंक व्याजदर सत प्रतिशतले बढेको थियो। जुन, ८.५ प्रतिशत अहिले पनि कायम छ। 

यहीं कारण तरलता व्यवस्थापनकै लागि भन्दै राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ १४ दिनको लागि रिपो जारी गरेको हो। उक्त रिपोमा २२ वटा बैंक तथा वित्तीय ९१ वटा बोलकबोल गरेका थिए । बोलकबोलमा अधिकतम ब्याजदर ८.६५ प्रतिशत र न्यूनतम ७.८० प्रतिशत बोलकबोल गरेका छन्। जसको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved