सानोतिनो धक्काले नेपालका बैंकलाई छुन सक्दैन :गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 02:48:09 PM मा प्रकाशित

nepal oil ltd

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सानोतिनो धक्का (समस्या) ले नेपालका बैंकलाई छुन नसक्ने बताएका छन् । अमेरिकाका केहि बैंक बन्द भएर अरु बैंकसँग मर्जर तथा प्राप्ति गर्नु पर्दा नेपालमा के होला भन्ने चिन्ता बढेको इंगित गर्दै उनले सानोतिनो धक्काले नेपालका बैंकलाई छुन नसक्ने बताएका हुन्।

नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात, एसेट क्वालिटी लगायतका नियामकीय निर्देशनमा नेपालका बैंकहरु औसत भन्दा माथि नै रहेकाले अन्त केहि हुँदा नेपालका बैंक के होला भन्ने चिन्ता लिनु नपर्ने गभर्नर अधिकारीले बताए ।

गभर्नर अधिकारीका अनुसार नेपालका बैंकको पुँजी पर्याप्तता अनुपात औसतमा १३ प्रतिशत रहेको छ । २०७९ पुस मसान्त अनुसार पुँजी पर्याप्तता अनुपात वाणिज्य बैंकमा १३.०२ प्रतिशत, विकास बैंकमा १२.७१ प्रतिशत र फाइनान्स कम्पनीमा १७.०५ प्रतिशत रहेको छ । आवश्यक अनुपात भने ११ प्रतिशत हो । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved