एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङसँग साझेदारी गरेको छ । सम्झौता अनुसार ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट र भल्ःद्य मोबाइल एप मार्फत भुक्तानी गर्दा थप रु १,५०० सम्म छुट पाउनेछन् ।
बैंकका अनुसार यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने हो । यस अफर मार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य छ ।