५ वटा ऐन संशोधनको लागि मस्यौदा तयार पर्दै राष्ट्र बैंक, ४ वटा नयाँ कानुन पनि बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 11:21:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैकिङ क्षेत्रका विभिन्न ५ वटा ऐनलाई संशोधन गर्नको लागि मस्यौदा तयार पार्ने काम भईरहेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान बैंकिङ कानुनहरूलाई समसामयिक परिमार्जन गर्ने प्रयास भएको र केही नयाँ कानुनहरू मस्यौदा गरिएको बताएका हुन्।

गभर्नर अधिकारीका अनुसार नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ संशोधनको मस्यौदा तयारी भइरहेको छ । त्यस्तै विनिमय अधिकारपत्र ऐन, २०३४, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा वित्तीय सम्पत्ति पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्युरिटाइजेसन) सम्बन्धी कानुन मस्यौदा तयार भएको गभर्नर अधिकारीले बताए।

नयाँ कानुनमा लिज फाइनान्ससम्बन्धी कानुन, वित्तीय ग्राहक संरक्षणसम्बन्धी कानुन, सम्पत्ति व्यवस्थापनसम्बन्धी कानुनको अन्तिम मस्यौदा तयार हुने क्रममा रहेको गभर्नर अधिकारीले उल्लेख गरेका छन्। 

राष्ट्र बैंकले मस्यौदा तयार पारेपछि अर्थ मन्त्रालयले विधेयकको रुपमा संसदमा पेश गर्ने छ ।  संसदले पारित गरेपछि ऐन कार्यान्वयनमा आउने छ ।  

अन्तराष्टिय मुद्रा कोष आईएमएफले राष्ट्र बैंक नेपाल राष्ट्र बैंक ऐन २०५८, र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्नको लागि पटक पटक ताकेता गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved