समाचार प्रभाव: अनियमितताको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष पाठकको पद खोसियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 12:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठकको अध्यक्ष पद खोसिएको छ । बिजपाटी डटकमले निरन्तर रुपमा उनले गरेको नियमितताको समाचार प्रकाशन गरेपछि बैंकको संचालक समितिको बैठकले डा. पाठकको स्थानमा नयाँ अध्यक्ष चयन गरेको हो ।

डा. पाठकमाथि सहकारीको अध्यक्ष हुँदा बचतकर्ताको बचत अनियमितता गरेको आरोप लागेको थियो। राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्नु अगाडी पाठक ललितपुरको लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारीमा अध्यक्ष थिए। उक्त सहकारीमा १५ वर्ष सम्म अध्यक्ष पदमा रहँदा १० हजार बचतकर्ताको पौने ३ अर्ब रकम अनियमितता गरेको उनीमाथि आरोप छ। उनी आफू अहिले उक्त सहकारीको जिम्मेवारीबाट बाहिरिएको र बचत फिर्ता गर्ने काम वर्तमान सञ्चालक समितिको भएको भन्दै पन्छिने गरेको बचतकर्ताको गुनासो थियो । 

बिजपाटी डटकमले यस बारे निरन्तर समाचार प्रकाशन गरेको थियो ।  अध्यक्ष नै विदादित भएपछि डा. पाठकलाई हटाएर बैंकले बाबुराम सुवेदीलाई अध्यक्ष चयन गरेको छ ।  नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।  बाबुराम सुवेदीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । साथै, उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव हुन्। डा. पाठक बैंकको संचालक भने कायम नै छन् ।

यस अघि : वाणिज्य बैंकका अध्यक्षमाथि ३ अर्ब अनियमितताको आरोप, चौतर्फी उजुरीका चाङ

लाखौँ राखेका बचतकर्तालाई गतिशील सहकारीले दशैँमा पनि पैसा दिएन, अध्यक्ष थुनिए


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved