लाखौँ राखेका बचतकर्तालाई गतिशील सहकारीले दशैँमा पनि पैसा दिएन, अध्यक्ष थुनिए

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 20, 2023 | 08:54:21 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको बेला पनि बचत फिर्ता नपाएपछि गतिशील बचत तथा ऋण सहकारी संस्थाका केही बचतकर्ताले अध्यक्ष विकास बहादुर थापाको घर घेरेका छन् । लाखौँ राखेका बचतकर्तालाई सहकारीले दशैँको बेला जम्मा २ हजारदेखि १० हजारसम्म मात्रै पैसा दिएपछि २० जना जति बचतकर्ताले अध्यक्ष थापाको घर घेरेर उनलाई बन्धक नै बनाइदिएका हुन् ।

यसरी घरमै पुगेर बचत फिर्ता माग्ने २० जनामध्ये केहीले १ लाख र केहीले २ लाखका दरले पैसा पाएको बताइएको छ । अध्यक्षलाई बाहिर निस्कनै नदिएर घेर नै घेरा हालेर बचतकर्ताले थुनेपछि अध्यक्ष थापाले पैसा दिएका हुन् । 

तर, सोझो हिसाबमा सहकारीको कार्यालय लगनखेलस्थित साझा भवनमा गएर बचत फिर्ता लिन लाइन बसेका बचतकर्ताले भने पैसा पाएका छैनन् । 

‘थर्काउने र कराउने, घरमै गएर घेर्नेलाई १ लाख, २ लाखसम्म पैसा दिएछन्, हामी सोझो हिसाबमा कार्यालयमा गएर कुरेर बस्नेलाई केहीलाई ५ हजार र केहीलाई १० हजार मात्रै दिएका छन्’ एक जना बचतकर्ताले भने, ‘भए भरको पैसा त्यहीँ राखेका थियौँ, अब ५ हजारले दशैँ कसरी मनाउनु ? यो सहकारीले दिनु सम्मको सास्ती दियो ।’

यसबारेमा बुझ्न खोज्दा सहकारीका अध्यक्ष थापा सम्पर्कमै आउन चाहदैनन् । उनले केही दिन अगाडी सम्पर्क हुँदा यसबारे भेटेरै कुराकानी गर्ने भने । मंगलबार भेटेर यसबारे बताउने बताएका थापा त्यस दिनदेखि सम्पर्कमा आएका छैनन् ।

‘कसले कति हजार बचत फिर्ता लगेको छ भन्ने विवरण छँदैछ, २ हजार, ५ हजार मात्रै होइन, त्योभन्दा बढी नै लाने पनि छन्’ असोज २८ गते भएको कुराकानीमा उनले भनेका थिए, ‘यसबारे म भेटेरै बताउँला, अहिले हामी मिलाउने कोशिस गरिरहेका छौँ, त्यसैले केही नलेखिदिनु होला ।’

तर, यसपछि अध्यक्ष थापा सम्पर्कमा आउन मानिरहेका छैनन् । फोन उठाउँदैनन् भने म्यासेजको समेत कुनै उत्तर दिँदैनन् । 

अध्यक्ष थापा र पूर्व अध्यक्ष डा. बलराम पाठक (हाल राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष)ले यसको व्यवस्थापन गर्न भन्दै डि.पी. बाँस्तोला नाम गरेका व्यक्तिलाई सहकारीको सह–व्यवस्थापक भनेर ल्याएका छन् । तर, बाँस्तोलाले भने आफू सहयोग गर्न आएको तर, सहकारीबाट नियुक्ति पत्र नलिएको बताएका छन् । 

‘म केही सहयोग गर्न सकिन्छ कि भनेर आएको हुँ, सह–व्यवस्थापकको जिम्मेवारीमा छु’ हामी कार्यालयमै पुग्दा भेटिएका उनले भने, ‘तर, नियुक्ति पत्र लिएको छैन, मैले केही सहयोग गर्दा समस्या समाधान हुन सक्ने देखियो भने पछि लिन्छु ।’

 यस अघि :

सहकारीका दैला दैलामा जग्गा दलाल

वाणिज्य बैंकका अध्यक्षमाथि ३ अर्ब अनियमितताको आरोप, चौतर्फी उजुरीका चाङ

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved