राष्ट्र बैंकले गठन गर्ने भनेको ‘मौद्रिक नीति सल्लाहकार समिति’ कस्तो हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 04:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने घोषणा गरेको छ । मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको समीक्षा पछिको पत्रकार सम्मेलनमा गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले विश्वविद्यालयका प्राध्यापक र अर्थशास्त्रीहरु रहने गरी मौद्रिक नीति सल्लाहकार समिति बनाइने बताएका छन् । 

‘विश्वविद्यालयका प्राध्यापक र अर्थशास्त्रीहरुलाई सहभागी गराएर सल्लाहकार समिति बनाउन खोजेका छौँ, हामीले उहाँहरुबाट मौद्रिक नीतिमा एड्भाइस लिनका लागि यसको परिकल्पना गरेका हौँ’ गर्भनर अधिकारीले भने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved