शनिवार पनि राजस्व संकलन काउन्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 02:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकले मङ्सिर ३० गते शनिवार पनि  राजस्व संकलन गर्ने सबै प्रकारको शाखा तथा काउण्टर खुला राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंकका राजस्व संकलन गर्ने सबै प्रकारको शाखा तथा काउण्टर एवम् नेपाल क्लियरिङ हाउस खुला गरी राजस्व वुझ्ने एवम् राजस्व जम्मा सम्बन्धी चेक क्लियरिङ्ग गर्ने व्यवस्था गर्न गराउन निर्देशन दिएको हो ।

मङ्सिर ३० गते आर्थिक ऐन, २०८० ले प्रदान गरेको छुट तथा सुविधामा सहभागी हुने अन्तिम दिन रहेको र राजश्व समेत दाखिला गर्ने समय भएकाले राजस्व संकलन गर्ने सबै प्रकारको शाखा तथा काउण्टर खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।  अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको  अनुरोध भएबमोजिम राष्ट्र बैंकले बैंकहरुलाई सहजीकरण गरेको हो  । 

सर्वोच्च अदालतले बिहिबार बैंक तथा बीमा कम्पनीहरुले मर्जर तथा प्राप्तिको आयमा कर तिर्नु पर्ने तथा प्रिमियममा एफपीओको आयमा कर तिर्नु पर्ने फैसला गरेको थियो। आर्थिक ऐनमा रहेको यस समबन्धि दफा खारेज गर्न बैंक तथा बीमा कम्पनीले सर्वोच्चमा रिट दायर गरेकोमा सर्वोच्चको संवैधानिकइजलाशले सो रिट नै खारेज गर्दै आर्थिक ऐनमा उल्लेख भए बमोजिम नै कर तिर्नु पर्ने फैसला गरेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved