किन बन्यो एमाले 'तराई बिरोधि'? यस्तो छ सचिव ज्ञवालीको भनाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 05:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको इतिहासमा नेकपा एमाले मात्रै त्यस्तो पार्टी हो जसले देशका सबै खाले बर्गीय र सामाजिक उत्पीडनको अन्त्यका लागि लडाई लडी रहेको छ। मुलुक र मुलुकवासी सबै नागरिकलाई न्याय दिलाउने र न्यायमुलक समुन्नत समाज निर्माण गर्ने उदेश्यका साथ अगाडी बढिरहेको छ। यस्तो राजनीतिक दललाई निश्चित भूगोल र जनासमुदायको बिरोधि भनेर गरिएको दुष्प्रचार आग्रह पूर्ण र दुरासय युक्त रहेको छ। 

एमालेलाई तराई बिरोधि देखाउन एउटा तप्का कम्मर कसेर लागेको छ। दिनलाई रात र रातलाई दिन बनाएर प्रचार गर्न खप्पिस यो तप्काको खण्डन गर्न एमालेलाई खासै आवश्यक छैन। किनभने नेकपा एमाले काममा बिश्वास गर्छ। जब अब एमाले सरकारको नेतृत्त्वमा पुगेको छ तब उसले गरेका काम हेरे पुग्छ, उ कति जनपक्षीय छ भन्ने। 

पहिलो पटक ०५१ सालमा कमरेड मनमोहन अधिकारी नेतृत्त्व देखि पछिल्लो कमरेड केपी ओली नेतृत्त्वको सरकारले गरेका तराई केन्द्रित विकास निर्माणले नै एमालेको वास्तविकता छर्लङ्गै पारेको छ। अकबरी सुनलाई कसै लगानु पर्दैन, यस्तै एमालेलाई कसैले तराइ बिरोधि भनेर हावा पित्दैमा उनीहरुका गलत प्रचार बिरुद्द स्पष्टिकरण दिइरहनु आवश्यक छैन। 

पछिल्लो पटक कमरेड ओली नेतृत्त्वको सरकारले ल्याएका तराई केन्द्रित विकास र सामाजिक कल्याणका काम हेरे पुग्छ एमाले कति तराई मैत्री छ भन्ने कुरा बुझ्न। 

तराईबाट आएर जिबनभरी मन्त्रि तथा नीति निर्माण तहमा बसेर पनि तराईका जनताका लागी केहि गर्न नसकेकाहरुका हावा गफ तराईका जनताले राम्रै बुझेका छन। मैले मात्र होइन, एमाले बिरोधि शक्तिले समेत चालु आर्थिक बर्षको बजेट इतिहासमै सबै भन्दा बढी तराई मैत्री भएको स्वीकार गरिसकेका छन्। 

आफुलाई तराईका मसिहा भन्नेहरुले बुझे हुन्छ आर्थिक बर्ष ०७३-०७४ को बजेट जति तराई मैत्री बजेट कुन तराई केन्द्रित दलका नेताले ल्याएका थिए ? तर नेकपा एमाले नेतृत्त्वको सरकारले तराई मैत्री बजेट ल्याएकै हो। 

बिगत दुई दशक देखि बजेट अभाबका कारण बन्न नसकेको तराईको 'लाइफलाईन' मानिने हुलाकी मार्गका लागि उक्त बजेटमा ६ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ। हुलाकी राजमार्ग समयमा निर्माण सम्पन्न भए तराईको मुहारले फेरिने पक्का छ। एमालेको अग्रसरता र पहलकदमीमा फेरिएको तराईको मुहारले फेरी मठाधिसहरुलाई अवश्य अप्ठ्यारो पार्ने पक्का छ। यसकारण तराईलाई आफ्नो जमिन्दारी ठान्नेहरु अत्तालिएर एमालेलाई तराई बिरोधि देखाउन कस्सिएका छन। 

ईतिहासमा कुनै सरकारले नगरेको अर्को काम तराईका २० वटै जिल्ला सदरमुकामको आधुनिकीकरण र विकास गर्न ओली सरकारका अर्थमन्त्री कमरेड बिष्णु पौडेलले प्रत्येक सदरमुकामका लागि २० करोडका दरले बजेट बिनियोजन गर्नु भएको छ। एमालेको नेतृत्त्वमा तराईका जीला सदरमुकामहरु आधुनिक बन्दा परम्परागत अनुहार ओझेल पर्ने निश्चित छ। तराईका जनतालाई गुमराहमा राखेर त्यहाँका आमा, चेलीहरुलाई घुम्टोभित्र गुम्साएर राजनीति गर्न पल्केकाहरुको खैरियत आधुनिक तराइका बासिन्दाले देखाईदिने निश्चित छ। यस कारण खुब उर्लिएका छन्, तराईका गोयवल्सहरु। 

तराईमा गरिबी ब्यापक छ। यहाँका बहुसंख्यक जनतासंग एउटा सानो घर समेत छैन र बनाउने सामर्थ्य पनि छैन। यसै कारण एमालेले प्रस्तुत गरेको बजेटमा तराइमा २० हजार घर बनाएर गरिबलाई गाई हस्तान्तरण गर्ने योजना अगाडी सरेको थियो। 

नेकपा एमालेको नेतृत्त्वमा बनेका ती घरबासी आमा बुवा दाजू भाई र दिदि बहिनिले हरपल एमाले सम्झने डरले अत्तालिएकाहरुको कोकोहोलो हो, पछिल्लो समय एमालेलाई तराई बिरोधि बन्यो भन्ने। 

काठमान्डू निजगढ फाष्ट ट्रयाक आफ्नै पहलमा बनाउन पहलकदमी लिने एमाले, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने एमाले, अनि एमाले कसरी तराई बिरोधि ?

पानी नपरेर पटपटी फुटेको तराइको जमिन सुनकोशी, भेरी, बबई र कमला डाईभर्सन जस्ता सिंचाई योजनाबाट हराबहरा पार्ने योजना ल्याउने एमाले कसरी तराई बिरोधि हुन सक्छ ? देशको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवार तराईबासी दलितलाई बनाउने एमाले कसरी तराइ बिरोधि हुन्छ ?

अनि पुर्व पश्चिम राजमार्गसंग तराईका जिल्ला सदरमुकामलाई जोड्ने, ४ लेनको सडक बनाउन बजेट बिनियोजन एमालेको सरकारले नै गरेको हो। यस्तै हरेक तराईका जिल्ला सदरमुकाम र भारतीय सिमा नाका जोड्ने सडक निर्माणका लागि एमालेले गरेको हो।

तराईको मुहार फेर्ने, त्यहाँ समृद्धिको मूल फुट्ने, एमाले कसरी तराई बिरोधि हुन सक्छ ? यी सब एमाले बिरुद्द गरिएका दुस्प्रचार मात्रै हुन्। सबैले आगामी निर्वाचन पर्खीए हुन्छ। जब तराईका हरेक तहका निर्वाचनमा सुर्यले नेतृत्त्व गर्ने छ। त्यसपछि उत्तर सबै आफै आउने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved