ग्यापुको टिकटक अवार्ड, ढुकुरे डनदेखि पुरु सिग्देलसम्म सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 04:11:20 PM मा प्रकाशित

laxmi  sunrise bank

टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा टिकटक अवार्ड प्रदान गरेको छ । 

कार्यक्रममा बर्षा बस्नेतले बेस्ट रिप्रिजेन्टेटिभ, पुजा एन्जलले मस्ट लबेभल, केपी खनालले दि सोसल एक्टिभिस्ट, नृत्य ट्रुप नेपाललाई बेस्ट डान्सिङ ट्रुप, स्मारिका समारिकालाई मस्ट कमेडियन ट्विन्स र पुरु सिग्देल र उनको आमा विद्या सिग्देललाई बेस्ट मदर सन अवार्ड प्रदान गरिएको छ ।

यसैगरी शिक्षा संग्रौलालाई मस्ट इन्टलेक्चुअल, शिशिर भण्डारीलाई बेस्ट कमेडियन एक्टर, मुस्कान गुरागाईलाई मस्ट ट्यालेन्टेड, निता लता सरोवरलाई ुहाउसहोल्ड कन्टेन्ट, अनिश तामाङलाई नेपाल फर्स्ट बडि पेन्टर, बिपि श्रेष्ठलाई मस्ट क्रियटिभ र बिष्णु पाण्डेलाई बेस्ट इन्टरटेनर बिधामा अवार्ड प्रदान गरिएको छ । 

सौर्य भेटवालले मस्ट अडोरबल अवार्ड हात पारे भने पवित्रा ढुंगानालाई मस्ट डेडिकेटेड, ढुकुरे डनलाई बेस्ट कमेडियन, शिव पौडेललाई बेस्ट फिटनेस मेल, सिता तामाङलाई बेस्ट फिटनेस फिमेल, अपिल राईलाई बेस्ट पर्फरमर र अन्जना अर्याललाई हाउसहोल्ड सेफ अवार्ड प्रदान गरिएको छ ।

आइतबार साँझ भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशील नेपालले अवार्ड हस्तान्तरण गरे । 

कार्यक्रममा ग्यापु मार्केटप्लेसले सन्चालन गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्र गरि अप्रिलिया स्कुटरको बिजेता समेत घोषणा गरिएको छ । बिजेता आयुष्मा भट्टलाई स्कुटरको हस्तान्तरण केही दिन पछि गरिने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved