साथीमार्टको ९१ औं शाखा कपनमा सुरु हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 09:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कपनको पैयाटारमा साथीमार्टको ९१ औं शाखा खुल्ने भएको छ । सामान्य मार्ट सन्चालन गर्दै आएका कर्ण सुनुवारले मार्टको फ्रेन्चाइज लिएर मार्ट सुरु गर्न लागेको बताइएको छ । 

नयाँमार्टको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले माघ २५ गते बिहान ९:३० बजे उद्घाटन गर्ने बताइएको छ । साथीमार्टको प्रवर्द्धक शेयर समेत लिएका सुनुवारले फ्रान्चाइजको महत्त्व बुझेर साथीमार्टको टिमवर्कमा विश्वास गर्दै मार्ट सुरु गरेको सुनुवारले बताए । आजको प्रतिस्पर्धात्मक बजारमा साथीमार्टको फ्रान्चाइजीका अवसरहरूसंग आकर्षित भएको सुनुवारको भनाइ छ ।

करिब सात सय पचास बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved