राष्ट्रिय चेस खेलाडी रुपेश जैसवालले फिड चेस विश्वकपमा भाग लिने भएका छन्। जैसवालले डिश मिडिया नेटवर्कको सहयोगमा चेस विश्वकपमा सहभागिता जनाउन लागेका हुन्। स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवद्र्धन गर्नका लागि प्रतिष्ठित फिड चेस वर्ल्ड कप २०२३ मा प्रतिनिधित्वको लागि प्रायोजन गरिएको डिश मिडिया नेटवर्क लिमिटेडले जनाएको छ।
फिड चेस वल्र्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाई देखि २४ अगस्ट सम्म हुँदै छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्र्तराष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने अवसरको रुपमा लिएको छ ।
कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत फिड चेस विश्व कप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्ने छ । कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउने विश्वास लिएको छ ।