पठाओ दसैं महोत्सव : राइडरदेखि ग्राहकसम्मलाई छुटैछुट, राइडरको कमिसन पनि घट्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 03:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा असोज ८ गते (सोमबार) देखि 'पठाओ दसैं महोत्सव' अफर सुरू गरेको छ ।असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।

यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि  'कम कमिसन धेरै कमाई, यो दसैं रमाई-रमाई' भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए । कम्पनीले अफरको बम्पर पुरस्कार अन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए ।

यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जानेछ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म आउनेछ ।

बम्पर विजेता लक्की ड्रबाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्नका लागि राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) ले निश्चित नियमका साथ निश्चित राइड पूरा गर्नु पर्ने कम्पनीले बताएको छ ।

कम्पनीले असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी लक्की ड्र मार्फत बम्पर पुरस्कार घोषणा गरिने जनाएको छ । ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट नै छुट लिएर आएको छ । जसअनुसार ग्राहकहरूले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस्तै पठाओ फुड डेलिभरीमा पाँच वर्षको उपलक्ष्यमा रु. ५, ५५ र ५५५ को अफरहरू लिएर आएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved