हिलटेकविरुद्द उद्योग विभागमा उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 04:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हिलटेकविरुद्द उद्योग विभागमा उजुरी परेको छ । नेपाल चेम्बर अफ कमर्सले हिलटेकविरुद्द विभागमा उजुरी दिएको हो ।

विश्वव्यापी प्रचलनमा रहेको डबल वाल कोरोगेटेड पाइपको डिजाइन आफ्नो मौलिक डिजाइन भन्दै दर्ता गरेको भन्दै हिलटेक प्लाष्टिक एण्ड पाइपविरुद्ध चेम्बर अफ कमर्सले विभागमा उजरी दिएको हो । चेम्बरले उक्त डिजाइनको दर्ता खारेजी हुनुपर्ने माग गरेको छ । 

विश्वव्यापी प्रचलनमा रहेको डिजाइन कुनै एक कम्पनीले आफ्नो नाममा दर्ता गराउँदा उक्त डिजाइनमाथि एउटा मात्र कम्पनीको अधिकार रहने र यसले अन्य उद्योगहरु धराशायी हुने भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको हस्ताक्षरसहित विभागमा उजुरी परेको छ ।

चेम्बरले हिलटेक प्लाष्टिक एण्ड पाइपले दर्ता गराएको डिजाइन नयाँ तथा मौलिक नभई चीनको कम्पनीले नेपाल, भारतलगायतका विभिन्न मुलुकमा बिक्री गरेको मेशिन तथा उपकरणबाट उत्पादन गरिएको पाइपको डिजाइन भएको दाबी गरेको छ । उक्त डिजाइन नयाँ र मौलिक नभएकोले दर्ता गर्न नमिल्ने चेम्बरको दाबी छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ मौलिक आविष्कारलाई मात्रै त्यस्तो दर्ता दिन सकिने भनेकाले उक्त दर्ता खारेज गर्न चेम्बरले माग गरेको छ । 

चेम्बरका अध्यक्ष मल्लले उद्योग विभागले नहेरी दर्ता गरेर ठूलो गल्ती गरेको देखिएको बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved