हिमालयन डिष्टिलरीको नयाँ उत्पादन 'सिल्भर ओक' बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 07:18:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली मदिरा उद्योग हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयां व्राण्डको मदिरा लन्च गरेको छ । यस नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको तिबद्धता झल्काउने कम्पनीले जनाएको छ ।

हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यस अघि नै नेपाली बजारमा ल्याएको छ । कम्पनीले भनेको छ ' प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्दछन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन् । यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।'

हिमालयन डिस्टिलरीका सीईओ  निरज सुवेदीले नयाँ उत्पादनको बारेमा उत्साह व्यक्त गर्दै भने, “एचडीएलले उपभोक्ता केन्द्रित इनोवेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको जसका कारण हामीले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तर्दृष्टि प्राप्त गर्ने तर्फ निरन्तर अनुसन्धानमा संलग्न छौं । सिल्भर ओकले उपभोक्तालाई अलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखीय रुपमा बद्धोतरी हुने तपÞर्m हामी आस्वस्त रहेका छौ । ”

कम्पनीका अनुसार हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved