अपग्रेड भए एलजीका फ्ल्यागसिप शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 06:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी फ्ल्यागसिप शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ। एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले अपग्रेड गरिएको शोरुम उद्घाटन गरेका छन् ।

कम्पनीका अनुसार एलजी शपि शोरुमहरु आधुनिक तथा प्रबिणतम डिजाइनमा खोलिएको र  शोरुमहरुमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु जस्तै एलईडी टिभी, वासिंग मेसिन, फ्रिज, डीस वासर, एसी, माइकोओभन भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन्। ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका विद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्ने र यी शोरुमहरु हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहने कम्पनीले जनाएको छ।

 यस एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, 0% किस्ताबन्दी, Exchange offer तथा Loyalty Program को पनि सुविधा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved