एक्स कस्मोपोलिटिएनले नेपालमा पहिलो पटक सुरु गर्यो रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 03:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा रिर्भस एजिङको अनुभव दिने उदेश्य सहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ । बुधबार  काठमाण्डौंको नक्सालमा एक्स कस्मोपोलिटिएनको आउटलेटको सुरुवात भएको हो । 

दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा  कम्पनीको उद्घाटन गरेका छन् । 

आटलेटको उद्घाटन गर्दै अल अलीले नयाँ र अपरिहार्य सेवाको नेपालमा सुरुवात भएको भन्दै खुसी व्यक्त गरेका छन्। महिला उद्ममी महासंघकी अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गूणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् । 

प्राकृतिक रुपमा नै मानिसको आयु १२० बर्ष भएता पनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गईरहेको हालको अवस्थालाई मध्यनजर गरेर एक्स कस्मोपोलिटिएनले समुन्द्र सतह देखि ३ हजार मिटर देखि ६५ सय मिटरको उचाईमा पाईने विभिन्न हिमालयन जडीबुटिको प्रयोग गरी मानिसलाई स्वयंम आत्मनिर्भर भई  १२० वर्षभन्दा दामो दीर्घ जीवन सम्भव छ भन्ने मान्यतालाई संसारभरी चेतना फैलाउने उदेश्य रहेको एक्स कस्मोपोलिटिएनले जनाएको छ । 

एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरु उपलब्ध गरिएको छ । कम्पनीका अनुसार वेलकेयर अन्र्तगत आजको अग्रगामी प्रविधि र प्रकृतिलाई संयुक्त रुपमा परिचालन गरी मानिसहरुको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ । सुभनियर बुटिक अन्र्तगत नेपालको समुन्द्री सतह देखि ६ हजार ५०० मिटर सम्मको हिमाली उचाईमा पाईने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर मह लगायत विभिन्न पहाडी ईलाकामा पाईने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रुपमा विशेष प्रयोग हुने साम्रागीहरु बिक्रीको लागि राखिने कम्पनीले जनाएको छ।

विशेषतः नेपाली लगायत नेपालमा घुम्न आउने पर्यटकहरुलाई नै लक्षित गरेर शोभनियर बुीटकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनकी संस्थापक सरिता अधिकारीले बताइन् ।  उनले भनिन् “कम्पनीले प्राकृतिक रुपमा उपलब्ध भएको वस्तुहरुलाई जस्ताको तेस्तै बजारमा ल्याउँदै छ । यो संसारभरिका सम्पुर्ण मानिसहरुको लागी फलदायक छ । कम्पनीले उत्पादन गर्ने सामाग्रीहरुमा केमिकलको प्रयोग हुनेछैन,” ।

नेपाली मौलिक स्वादलाई प्राथमिकतामा राखी सबै उमेर समूहका मानिसहरुले प्रयोग गर्न उपयुक्त हुने सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीले जनाएको छ । विभिन्न जडिबूटीका साथसाथै नेपालमै उत्पादित पश्मिनालाई पनि अन्तराष्ट्रिय तथा रिटेल स्टोरहरुमा बिक्री गर्ने लक्ष्य रहेको कम्पनीले उल्लेख गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved