स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 04:43:23 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय लोकप्रिय अभिनेत्री हुन् । 

 शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले  नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा निकै उत्साहित रहेको र यस सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा  विश्वस्त रहेको बताए।

 नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा निकै गौरवान्वित भएको बताईन्  । उनले भनिन् "अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पु¥याउनेछ।”


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved