वात्सल्यको ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 07:44:54 PM मा प्रकाशित

laxmi  sunrise bank

वात्सल्य नेचुरल आईभीएफको ब्राण्ड ऐम्बेस्डर अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज र आयांका नियुक्त भएका छन् । दुई पक्षबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको हो । सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निस्सन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन् ।

वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गरे । निःःसन्तान सम्बन्धि कुण्ठालाई थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको उनले बताए बताएका छन ।

यस्तै अभिनेत्री कार्कीले बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको उल्लेख गरिन । उनले सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्याउनु भन्दा उपचार गराउनु जाती हुने धारणा व्यक्त गरिन । 

यस्तै आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आई भी एफ उपचारको निर्णय जटिल रहेको बताउँदै उनले खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरुले थाहा पाएको कारण यस सम्बन्धि आफूले बुझेको तथ्य प्रभावकारी रुपमा सबैमा राख्दै जाने अभिनेता आयुष्मान देशराजले बताए ।

वात्सल्यले आई भी एफ का साथै आई यू आई, ओभुलेसन इन्डक्सन, फर्टिलिटि फ्रिजिंग, प्रसुती पुर्वको सम्पूर्ण जाँच जस्ता प्रजनन सम्बन्धि विभिन्न सेवा प्रदान गर्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved