‘साहु’ फरार भएको ‘गौतमश्री सहकारी’लाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2022 | 03:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागले सञ्चालक फरार भएपछि गौतमश्री बहुउद्देशीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गर्न सिफारिस गरेको छ ।

विभागले बिहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रत सहकारीका रुपमा घोषणा गर्न सिफारिस गरेको हो । विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार सहकारीले सदस्यहरुको हित विपरित काम गरेको, बचत फिर्ता नगरेको, सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको लगायतका कारण देखाउँदै मन्त्रालयमा समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको हो । 

विभागमा उक्त सहकारीका ११ सय बढी सदस्यहरुको १ अर्ब ७५ करोडभन्दा बढी बचत फिर्ता नभएको विषयमा उजुरी परेको छ । 

उक्त सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम हाल फरार छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved