काठमाडौँका २ सहकारीले संस्था नै खारेज गर्न दिए निवेदन, लेनदेन बाँकी भए सम्पर्क गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 08:30:54 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिका भित्र रहेका २ वटा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि काठमाडौँ महानगरपालिकामा निवेदन पेश गरेका छन् । काठमाडौँको वडा नम्बर ५ मा रहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलमा रहेको सुकस बचत तथा ऋण सहकारी संस्थाले सहकारी नै खारेजीको लागि निवेदन दिएका हुन्।

संस्थाको विनियम बमोजिम हाल संस्थाहरू सञ्चालनमा नभएकाले उल्लेखित संस्थाहरू दर्ता खारेजीको लागि महानगरले सूचना प्रकाशन गरेको छ। यदि ति सहकारीले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋण सहित वक्यौता केही भएमा तथा यी संस्थाहरूबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थाहरूमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले १५ दिनभित्र महानगरको सहकारी विभागमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ । अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेबारी विभाग नहुने विभागले प्रष्ट पारेको छ।

काठमाडौँ महान्गारको सहकारी ऐनमा सहकारी खारेजीको व्यवस्था रहेको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ मा 'कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ' भन्ने व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved