इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीचको खेल हुदै छ । म्यानचेष्टरमा हुने खेलमा पाकिस्तानले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ । बर्षाले खेल बिथोल्न सक्ने भएकोले पाकिस्तानलाई टस जित्दा ठुलो फाइदा भएको छ ।
भारतको तर्फबाट विजय शंकरले विश्वकपमा डेब्यु गर्ने भएका छन् ।
दुई टोली बीचको पछिल्लो भेटमा भारत बलियो देखिन्छ । पछिल्लो पाँच खेलमा भारतले ४ तथा पाकिस्तानले १ खेल मात्र जितेको छ । सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो । त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ । विश्वकपमा भने हालसम्म पनि पाकिस्तानले हराउन सकेको छैन ।
यस्तो छ आजको टिम :