पैसा नभएको चेक दिने पक्राउ, १७ लाख जरिवाना र कैद सजाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 02:26:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी प्रक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरोले धादिङ्गको जिवनपुर  घरभई हाल काठमाडौँ बस्ने बर्ष ५१ का पन्चम अकौलियालाई पक्राउ गरेको हो । 

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी १०  दिन कैद र १७ लाख नगद जरिवानाको फैसला सुनाएको थियो ।  उनलाई लुकिछिपी बस्दै गरेको अवस्थामा चितवनको भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि आज मंगलबार चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

अकौलियाले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवाला मनोज प्रसाद साहलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबि बैंकको चेक दिएका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved