१७ करोडको कोकिन तस्करीमा दुई भारतीय महिला, पक्राउ परेपछि योजना विफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 05:17:22 PM मा प्रकाशित

laxmi  sunrise bank

हवाइमार्ग हुँदै भारत लैजान लागिएको थियो १७ करोडको कोकिन भारत लैजान लागिएको १७ करोड बढीको लागूऔषध कोकिन बरामद गरी प्रहरीले दुई जनालाई समातेको छ । उनीहरुले झण्डै आठ किलो कोकिन झोलामा फल्स बटम बनाएर भारत लैजान लागेका थिए ।

त्यसको अहिले अवैध बजारमूल्य १७ करोड ३, लाख ५९ हजार रहेको प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ । उक्त लागूऔषध ओसारपसारमा भारतीय नागरिक एस्थर लालिमपुई, र भालालोमीलाई पक्राउ गरिएको छ । 

उनीहरुले हवाईमार्ग हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजाने क्रममा विानस्थलमै उक जना पक्राउ परिन् । उनको बयानका आधारमा काठमाडौँ ठमेलस्थित होटलबाट अर्काे एक जनालाई पनि पक्राउ गरिएको हो । 

उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाण्डौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको व्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले कोकिन बरामद गरेको हो । उनी इन्डिगो एयरलाइन्समार्फत भारत जाँदै थिइन् । 

४५ वर्षकी भारतीय नागरिक भालालोमीको लगेज शङ्का लागि जाँच गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा उनलाई समातिएको हो । उनको लगेज भित्र चारवटा लेडिज व्याग फेला परेको र ती व्यागमा फल्सबटम बनाई भारतको नयाँ दिल्लीतर्फ कोकिन निकासी गर्न लागिएको पाइएको छ । त्यसबेला झण्डै तीन किलो कोकिन बरामद भएको थियो । 

उनको बयानका आधारमा त्यसपछि ठमेलस्थित एक होटलमा अनुसन्धान गर्दा एस्थरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उननको सुटकेस भित्र फल्सबटम बनाइ लुकाइ छिपाइ राखिएको अवस्थामा अर्काे पाँच किलो कोकिन बरामद भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved