शरणार्थी प्रकरण नसेलाउँदै अमेरिका पठाउने अर्काे ठगी काण्ड बाहिरियो, १०१ जना पीडित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 05:46:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर सयौँ मानिसहरु ठगिएको घटना सेलाउन नपाउँदै फेरि अमेरिका पठाउने भनी ठगी गरिएको अर्काे काण्ड बाहिरिएको छ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने नाममा १०१ जनाबाट साँढे तीन करोड ठगी भएको खुलेको छ । 

भक्तपुरको चाँगुनारायण नगरपालिका  ६ नगरकोट बस्ने वर्ष ६८ को सिताराम बास्तोलासमेतले सुनिला गुरुङसमेत १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै ठगी गरेका हुन् ।

प्रतिव्यक्ति रु  ३० लाख लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिने लोभ देखाएर ठगी गरेको पाइएको छ । उनीहरुले त्यहाँ पुगेपछि मासिक चार लाखबढी तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए । 

अहिलेसम्म गिरोहले पीडितहरुबाट पटकपटक गरी जम्मा तीन करोड ५६ लाख आठ हजार रुपैयाँ लिएर फरार भएका पााइएको छ । वैदेशिक रोजगार विभागबाटको अनुरोधमा यसरी फरार भएका भक्तपुरका सिताराम बास्तोलालाई पक्राउ गरी विभागमा बुझाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved