रोकिएको पूर्वगृहमन्त्री खाँणसँगको बयान जारी, अब को-को छन् बयान दिन बाँकी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 07:16:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगको सोमबार रोकिएको बयानलाई आज जारी छ । सोमबार उनले आफूलाई सञ्चो नभएको बताएपछि जिल्ला सरकारी वकीलको कार्यालयमा उनको बयान रोकिएको थियो । 

त्यसपछि उक्त घटनामा मुछिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिइएको थियो । हिजो विसञ्चो भएको भन्दै खाँणसँगको बयान आधामै रोकिएकोमा आज त्यसलाई निरन्तरता दिइएको र अहिले पनि बयान जारी नै रहेको जिलल सरकारी वकीलको कार्यालयले जानकारी दिएको छ ।  

पूर्वमन्त्रीद्धय रायमाझी र खाँणसहित १४ जनामाथि नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगी गरेको आरोप छ । उक्त घटनाका तीन आरोपी अझै फरार छन् । 

पक्राउ परेका आरोपीहरु मध्ये १२ जनासँग जिल्ला सरकारी वकीलको कार्यालयले यसअघि नै प्रारम्भिक बयान लिइसकेको छ । आज सम्भवत खाँणसँगको बयान सकिने र अब हिजो सोमबार पक्राउ परेका आङटावा शेर्पासँग मात्र ब्यान लिन बाँकी रहेको छ । यसअघि आइतबार तत्कालिन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिइएको थियो । 

उक्त घटनामा जोडिएपछि नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईलाई वैशाख १९ गते, बहालवाला सचिव (तत्कालिन गृहसचिव) टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई वैशाख २० गते प्रहरीले पक्राउ गरेको थियो । 

सोही दिन पक्राउ पुर्जी जारी भएका रायमाझीका बाबुछोरा मध्ये छोरा पक्राउ परे पनि बाबु फरार भएका थिए । रायमाझीलाई प्रहरीले १२ दिनपछि वैशाख ३१ गते आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

यस्तै यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेकाका थिए । गत चैतमा आरोपीहरु केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए । 

पक्राउ पूर्जी जारी भएका नीरज राई, तत्कालिन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक फरार छन् । उक्त घटनामा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणकी पत्नी मञ्जु सम्पर्कभन्दा बाहिर रहेको बताइएको छ । 

उनी र काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजूलाई पैसा बुझाएको कुरा समेटिएको अडियो सार्वजनि भएको थियो । त्यसपछि मञ्जु सम्पर्कविहीन भएकी छिन् भने आरजुले अडियो फेक भन्दै अनुस्न्धानको माग गरेर साइबर व्यूरोमा उजुरी दिएकी छिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved