दुग्ध विकास संस्थानले चाडपर्वलाई लक्षित गरि सुपथ पसल संचालनमा ल्याएको छ। संस्थानले काठमाडौं उपत्यका भित्र ४ र उपत्यका बाहिर बिक्रि केन्द्र रहेका ठाउँबाट सुपथ मुल्य पसल संचालनमा ल्याएको हो।
संस्थानका अनुसार काठमाडौँको रामशाहपथ (सिंहदरबार अगाडी) नेशनल ट्रेनिङ कर्पोरेशन र खाद्य संस्थान सहितको संयुक्त सुपथ मूल्य पसल संचालनमा छ। त्यस्तै संस्थानले लैनचौर, न्यूरोडको बसन्तपूर र खुमलटारमा यस्तो पसल सञ्चालन गरेको छ ।
संस्थानले सञ्चालनमा ल्याएका पसलमा दुध, घिउ, पनिर, वटर र चिज पाईने संस्थानका सूचना अधिकारी शुभाष प्रसाद भट्टराइले जानकारी दिए। संस्थानले घिउ, पनिर, चिज लगायतका दुधका उत्पादनमा छुट दिएको छ तर दुध र बटरमा भने कुनै छुट दिएको छैन।
संस्थानका सूचना अधिकारि भट्टराईका अनुसार घिउमा प्रति लिटर ५० रुपैयाँ, पनिरमा २० रुपैयाँ र चिजमा प्रति ५०० ग्रामको २० रुपैयाँ छुट दिईएको छ। बजारमा ९०० रुपैयाँ लिटर रहेको घिउ ८५० मा उपलब्ध गराएको संस्थानले जनाएको छ ।
के मा कति छुट ?