![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
दशैँको अवसर विभिन्न अनलाइन सपिंग
साइटहरुले ग्राहकको लागि आकर्षकको अफर लिएर आएका छन् । यसै क्रममा नेपालको पहिलो अनलाइन
सपिंग साइट मुन्चा डटकमले पनि ८० प्रतिशतसम्म छुट सहितका अफरहरु ल्याएको छ ।
मुन्चाले अन्य अनलाईन शपिंग साइटभन्दा
एक कदम माथि आएर खसी नै बिक्रिमा राखेको छ । मुन्चाले २० किलोको खसी बिक्रिमा
राखेको हो । ग्राहकले अनलाइनबाट नै खसी अर्डर गर्न सक्ने छन् र मुन्चाले उक्त खसी
ग्राहकको घर मै पुर्याईदिने छ । ग्राहकले यसको डेलीभरी चर्च भने तिर्नु पर्ने छ ।
अन्य समानहरु कुरियर सेवा पुगेको नेपालको जुनसुकै स्थानमा पुर्याउने भए पनि
कम्पनीले खसी भने उपत्यका भित्र मात्र डेलीभरी गर्ने जनाएको छ । कम्पनीले खसीको
प्याकेजमा बियर लगायतका पेय पदार्थ पनि अफरको रुपमा राखेको छ ।
त्यस्तै कम्पनीले श्रीलंकाबाट आयात गरिएका सामानहरु ५०
प्रतिशत छुटमा बिक्रि गरिरहेको छ । कम्पनीले बायार्स कलेक्सन र बेला जोन्सका
सामानमा ५० प्रतिशत र सारीहरुमा ५५ प्रतिशतसम्म छुट दिएको सोसेल मिडीया म्यानेजर
सितु रंजितले बताईन । त्यस्तै पुरुषहरुको लागि इटालियन फ्याब्रिक्सबाट बनेका
शर्टहरु कम्पनीले २० प्रतिशत छुट दिएको छ । कम्पनीले ट्रेमर जस्ता एसेसोरिजमा ३०
प्रतिशत छुट दिएको छ । त्यस्तै कम्पनीले जुत्ता
राख्ने र्याकमा ३० प्रतिशत छुट उपलब्ध गराएको छ । कम्पनीले प्रविधिको बढी उपयोग गर्ने ग्राहकलाई
लक्षित गरेर २५० मै सेल्फी स्टिकको अफर समेत ल्याएको छ ।
कम्पनीबाट सामान अर्डर गर्दा ग्राहकले बैंकहरुको डेबिट तथा क्रेडिट कार्डबाट पैसा तिर्न सक्ने छन् । त्यस्तै ईसेवा मार्फत वा बैंक डिपोजिट गरेर पनि ग्राहकले पेमेन्ट गर्न सक्ने छन् । कम्पनीको डेलिभरी चार्ज भने सामानको प्रकृति र सामान पुर्याउनु पर्ने दुरी हरेर तय हुने सोसेल मिडीया म्यानेजर रंजितले जानकारी दिईन । न्यूनतम डेलिभरी चार्ज भने ७५ रुपैयाँ रहेको छ । कम्पनीले उपत्यका भित्र २४ घण्टा भित्र नै डेलिभरी गर्ने गरेको जनाएको छ ।
कम्पनीको अफरहरु यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।