![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
राजधानीको सुन्धारास्थित सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । बिहीबारबाट मोबाइल हब सञ्चालनमा आएको हो । मोवाइल सम्बन्धि सबै सेवा दिने लक्ष्य सहित दशैंको अवसरमा मोबाइल मेलाको आयोजना गरेर मोबाइल हब सञ्चालनमा आएको हो ।
असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमासमेत मोबाइल किन्न सकिने व्यवस्था रहेको छ । खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल मेला हेर्न आउनेहरुलाई समेत गोला प्रथाबाट विभिन्न ब्रण्डका मोवाइल दिने व्यवस्था गरिएको बताईएको छ । मोबाइल हबमा ६० मिनेटमा मोबाइल मर्मत र मोबाइल एक्सचेञ्जको समेत सुविधा छ ।