बैंकको ब्याज घटेपछि ऋणपत्रमा आकर्षण, ४२ वटाले दिन्छन् १० प्रतिशत बढी ब्याज (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 05:04:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा  वित्तीय संस्थाहरुले लगातार निक्षेपको ब्याज घटाएपछि निक्षेपकर्ताले बैंकमा रकम राखे वापत पाउने प्रतिफल घटेको छ । बैंकमा निक्षेप राखेर पाउने ब्याज घटेर धेरै न्यून बिन्दुमा पुगेपछि शेयरको दोस्रो बजारमा ऋणपत्रमा आकर्षण देखिन थालेको छ 

२० वाणिज्य बैंक मध्ये १३ वटा बैंकले वैशाखको लागि ब्याजदर घटाएका थिए । जसमा साधारण निक्षेप खाताको ब्याज ३ देखि ४ प्रतिशतमा झरेको छ । ६ महिना अगाडी यस्तो ब्याजदर करिब ६ प्रतिशत थियो 

बैंकको ब्याज घटेसंगै दोस्रो बजारमा ऋणपत्रमा आकर्षण देखिन थालेको हो । आज वैशाख ४ गतेको शेयर कारोबारको दिनमा सर्वाधिक मूल्य नै ऋणपत्रको बढेको छ । आज सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै सिभिल बैंकको ऋणपत्रको मूल्य ८.१९ प्रतिशत बढेको छ । आज सर्वाधिक मूल्य बढेका शिर्ष  १० को सूचीमा ४ वटा ऋणपत्र नै रहेका छन् । बैंकमा रकम राखेर आउने प्रतिफल कम भएपछि ऋणपत्रबाट आउने निश्चित प्रतिफल बढी भएकोले ऋणपत्रमा आकर्षण देखिन थालेको हो 

के हो ऋणपत्र ?

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् । बैंक तथा वित्तीय संस्थाले पुँजी व्यवस्थापन गर्नको लागि ऋणपत्र जारी गर्ने गर्दछन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्काशनमा सहजीकरण र प्रोत्साहन गरेसनागी ऋणपत्र निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या बढेको छ 

अहिले नेपालमा निष्काशन भएका ऋणपत्र रिडिमेबल हुन् । अर्थात् निश्चित समयपछि कम्पनीले ऋणपत्रमा लगानी गरिएको सम्पूर्ण रकम फिर्ता गर्छ। कम्पनीले निश्चित वर्षको लागि (अहिले ५ देखि १० वर्षको ) भनेर ऋणपत्र निष्काशन गरेको हुन्छ ।  र त्यसमा प्रदान गर्ने ब्याज पनि पहिले नै तोकेको हुन्छ । सो ऋणपत्रको अवधि भर लगानीकर्ताले पहिले नै तोकेको ब्याज (हाल ४ प्रतिशतदेखि १२ प्रतिशतसम्म ) पाउने छन्। यसो हुँदा लगानीकर्ताले निश्चित ब्याज पाउने पक्का हुन्छ 

यो ऋणपत्र शेयरको दोस्रो बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पनि कारोबार हुन्छ । मूल्य बढेमा लगानीकर्ताले दोस्रो बजारमार्फत पनि नाफा लिन सक्छन् । ऋणपत्रको तोकिएको अवधि सकिएपछि कम्पनीले सम्पूर्ण सावाँ फिर्ता गर्ने गर्छ । यसो भएको हुँदा शेयरको तुलनामा ऋणपत्र कम जोखिमयुक्त मानिन्छ । 

आईपीओ खुल्दा जसरी आईपीओमा आवेदन दिइन्छ, त्यसरी नै ऋणपत्र निष्काशन भएको बेलामा अनलाइन मार्फत नै आवेदन दिन सकिन्छ । वा दोस्रो बजारबाट खरिद गर्न पनि सकिन्छ । ऋणपत्रको प्रति कित्ता अंकित मूल्य भने १ हजार रुपैयाँ हुन्छ । 

दोस्रो बजारमा कारोबार हुँदा मूल्य घटबढ हुने गर्दछ । यद्यपि सबै ऋणपत्र भने कारोबार हुने गरेको पाइदैन। खरिदकर्ता र बिक्रीकर्ता हुँदा पनि कारोबार सम्भव हुने भएकोले सबै ऋणपत्र कारोबार हुने गरेको छैन । यद्यपी सबै ऋणपत्र  शेयरबजारमा सुचिकृत भएकोले कारोबारयोग्य भने हुन्छन् ।  आज २०८१ वैशाख ४ को मूल्यमा ८८० रुपैयाँ देखि ११८० रुपैयाँसम्मका ऋणपत्र छन् । यी ऋणपत्रको ब्याजदर न्युनतम ४ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म रहेको छ । लगानीकर्ताले सामान्यतया अर्धवार्षिक रुपमा अर्थात् वर्षको २ पटक ब्याज पाउने छन् । बैंकको बचतखातामा राखेको रकम भन्दा ऋणपत्रमा अहिलेको अवस्थामा बढी ब्याज रहेकोले बैंकमा पैसा राख्नुको विकल्पमा ऋणपत्रको लगानी  हुन सक्छ । सोहि कारण पछिल्लो समय ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको हो ।

अहिले बजारमा ७५ वटा ऋणपत्र (बन्ड समेत) रहेका छन् । जसमा ४२ वटाले १० वा सो भन्दा धेरै ब्याज प्रदान गर्छ । 

हेर्नुस् हाल बजारमा रहेका ऋणपत्रको नाम र अवधि (परिपक्व हुने साल), ऋणपत्र कारोबारको संकेत र प्रदान गर्ने ब्याजदरको विवरण :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved