कामना सेवा विकास बैकद्वारा यातायात व्यवसायीलाई ५० प्रतिशत ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 05:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैक Kamana Sewa Bikas Bank Limited  ले यातायात व्यवसायीलाई ब्याजमा भारि छुट दिने योजना ल्याएको छ । बैंकबाट हायर पर्चेज कर्जा लिएका यातायात व्यवसायीलाई राहत दिने उद्देश्यका साथ भारि छुट दिने योजना ल्याएको हो ।

योजना अन्र्तरगत यस्ता कर्जा लिएका ग्राहकले २०७७ साल आषाढ मसान्त सम्मको चुक्ता गर्न बाँकी साँवा र ब्याज श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिनेछ । यसका साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत उक्त योजनाबाट लाभ उठाउन सक्ने बैंकले जानकारी दिएको छ ।

उक्त योजनाले यातायात व्यवसायीलाई अधिकतम लाभ पु¥याई व्यवसाय सञ्चालनमा थप सहजता पु¥याउने समेत विश्वास बैंकले लिएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved