महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 07:28:18 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकार .बिच सहकार्य गर्ने  समझदारी  भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाई रहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर पोखराको सेदीबगर लेसाइड  देखि सराङ्कोट  सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।  

 बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो सहकार्सयबाट  बैंकका ग्राहकहरु लाभान्वित हुने बिस्वास बैंकले लिएको छ ।बैङ्कले डिजिटल युगसँगै  युगसँग नेपाली जनतालाई साक्षर  अभिप्रायका साथ   शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved