महालक्ष्मी विकास बैंकमा १२.९९ प्रतिशत ब्याजमा आवास र व्यवसायिक कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 03:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी व्यवसायिक कर्जा अन्तर्गत सुलभ व्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले दुवैकर्जा योजनामा ऋणिका लागि १२.९९% को आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ बर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने जनाएको छ ।

महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५% छुट प्रदान गर्ने र उक्त छुट सुविधा सिमित समय अवधिका लागि रहेको बैंकले उल्लेख अग्रेको छ ।

बैंकका अनुसार आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गरिने छ । व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरका बिच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved