महालक्ष्मी विकास बैंकका ग्राहकले पाउने भए यी संस्थामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 09:53:43 AM मा प्रकाशित

laxmi  sunrise bank

 महालक्ष्मी विकास बैंकका ग्राहकले बिभिन्न रेष्टुरेन्ट तथा श्रृगारका  सेबा प्रयोगमा छुट पाउने भएका छन् । बैङ्कले यी संस्थासँग छुट्टा छुट्टै सम्झैता गरेर ग्राहकले सेबा तथा सामान खरिद गर्दा छुट पाउने ब्यबस्था गरेको हो ।

 सम्झौतामा महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका सेवाहरुमा विशेष छुट पाउने भएका हुन् । महालक्ष्मीका  ग्राहकहरुले बुढानिलकण्ठ, काठमाडौंमा रहेको Meraki Holistic Wellness Retreat मा अधिकतम १५%, जावलाखेल, ललितपुरमा रहेको Burger Shack का सेवामा अधिकतम १०%, बुटवल अमरपथमा रहेको Burger Shack का सेबा अधिकतम २०% र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित Burger Shack का सेवाहरुमा २०% को छुट पाउने उल्लेख छ । 

यस किसिमको  सहकार्यले  बैंकका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै बैङ्कले डिजिटल युगसँग नेपाली जनतालाई जोड्ने उदेश्यले  आफ्ना शाखा मार्फत वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved