सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 09:42:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज चैत्र २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको, र  चैत्र २९ गते ईदको सार्वजनिक विदा परेकोले आज चैत्र २८ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

कम्पनीले वैशाख १२ गते बुधबार रुपन्देहीमा साधारणसभा आह्वान गरेको छ । साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड रहेको छ । 

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु : 

१) आ.व. २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) कम्पनीमा कायम शेयरधनीहरुलाई आ.व. २०७९/०८० सम्मको मुनाफावाट चुक्ता पुँजी चार अर्व पैसठ्ठी करोडको १५ प्रतिशत (लाभांश कर सहित) ले हुन आउने  ६९ करोड ७५ लाख रुपौयाँ मात्र नगद लाभांश पारित गर्ने ।

५) संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु ५, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved