सरकारको उदेश्यअनुसार बजेट आयो तर बैंकरका यी कुरा अझैं सम्बोधन भएनन : सुनिल केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 08:41:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका वरिष्ठ उपाध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले समग्रमा बजेट सकारात्मक रहेको प्रतिकृया दिएका छन्। आर्थिक बर्ष २०७९/८० का लागि सरकारले संसदमा पेश गरेको बजेटमाथि संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।

अहिले नेपालको विद्यमान समस्या भुक्तानी असन्तुलन र ब्यापार घाटालाई व्यवस्थापन गर्दै दिर्घकालमा आत्मनिर्भर अर्थतन्त्र बन्नुपर्छ भन्ने सरकारको उदेश्य अनुसार बजेटमा व्यवस्था गरिएको उनको बुझाई छ। 

उत्पादनमुलक क्षेत्रका सिमेन्ट, हाइड्रो जस्ता उद्योगलाई सहुलियत र छुट दिएर स्वदेशी उत्पादनलाई प्रवर्द्धन तथा प्रोत्साहन गरि आयात प्रतिस्थापन गर्न सक्ने गरि बजेटमा व्यवस्था गरिएकाले समग्रमा बजेटलाई राम्रै भन्ने अवस्था रहेको उनको भनाई छ। 

ठुला प्रकृतिका कर्जाहरु कमर्शियल बैंकले हेर्ने र मझौला तथा सानालाई अरु वित्तीय संस्थाले हेर्नुपर्ने कमर्शियल बैंकहरुको मागअनुसार नै केहि कुराहरु बजेटमा आएपनि त्यसको गाइड लाइन कस्तो हुन्छ भन्नेकुरामा निर्भर रहने उनको भनाई छ। 

५०० अर्बको लघुवित्त कोष स्थापना गर्ने र त्यसमा बैंकहरुले पनि लगानी गर्नुपर्ने व्यवस्था बजेटमा भएकाले यसको कार्यन्वयन कसरी हुन्छ र बैंकले कति कसरि लगानी गर्ने भन्ने स्पष्ट भएपछि मात्र यसबारे प्रतिकृया दिन सहज हुने उनले बताए। 

समग्रमा राम्रो हुँदाहुँदै पनि आफुहरुले अगाडी सरेको मर्जर तथा प्राप्तिमा जानेहरुलाई थप छुट र सहुलियत दिनुपर्ने, बैंकहरुले तिर्दै आएको कर्पोरेट ट्याक्स घटाउनुपर्ने, बाहिरबाट ल्याउने लगानीमा लाग्ने करको दर पनि घटाउनुपर्ने जस्ता कुराहरु बजेटमा सम्बोधन नभएको उनले बताए। 

"आन्तरिक ऋण पहिलाकै अनुपातमा भएपनि पूंजीगत खर्चको आकार बढ्ने अपेक्षा गरिएको थियो तर त्यस्तो भएन।" तरलता व्यवस्थापन गरि अहिलेको बढ्दो मुद्रास्फीतिलाई न्यूनीकरण गर्न सकिनेगरि बजेट आयो त भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताए।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved