राष्ट्र बैंकले शेयर लगानीकर्तालाई हेप्यो, आफ्नो हातमा छ भन्दैमा जे पनि गर्न पाइदैन: रौनियार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 11:35:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले नेपाल राष्ट्र बैंकले शेयर लगानीकर्ताको माग पुरा नगरेर शेयर लगानीकर्तालाई हेपेको बताएका छन् । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबारे आफ्नो प्रारम्भिक प्रतिक्रिया दिदै उनले लगानीकर्ताले ४ वटा माग मात्र राखेको तर ति कुनै पनि सम्बोधन नभएकोले राष्ट्र बैंकले शेयर लगानीकर्तालाई हेपेको बताएका हुन् 

उनले आफुहरुले ४/१२ को नीति मध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री, र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाई नभएको बताए । त्यस्तै उनले शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनु पर्ने उनले बताए । शेयर लोन दिएर आज सम्म कुनै पनि बैंक नडुबेकोले १५० को जोखिम भारितको कुनै औचित्य नभएको उनले बताए । उनले राष्ट्र बैंकले सबै कुरा आफ्नो हातमा छ भन्दैमा कुनै एउटा क्षेत्रलाई बिगार्न नपाइने बताए 

आफुले समीक्षा विस्तृत रुपमा हेरिनसकेको भए पनि प्रारम्भिक रुपमा हेर्दा झारा टार्ने काम मात्र भएको देखिएको उनले उल्लेख गरे । उनले ओभरनाइट तरलता ब्याजदर घट्नु केहि सकारात्मक रहेको उनको भनाई छ 

अब राष्ट्र बैंकले आगामी दिनमा जारी हुने सर्कुलर बाट भए पनि शेयर लगानीकर्ताको माग पुरा गर्नु पर्ने बताएका छन् 

लगानीकर्ता संघहरुले  १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनु पर्ने, आ.व. २०७९/८० को आषाढ १ गते देखि शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनु पर्ने, विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अङ्गमा कायम गरिनु पर्ने र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गरिनु पर्ने सुझाव दिएका थिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved