राष्ट्र संघका महासचिवको भ्रमण : ओली फकाउने प्रचण्डको रणनीति कि जलवायुको मुद्दा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 05:18:41 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको चार दिने भ्रमणलाई लिएर चर्चा सुरु भएको छ। विश्वका १९३ देश सदस्य रहेको राष्ट्र संघका महासचिवको नेपाल भ्रमणलाई कसैले अवसरका रुपमा लिएका छन् भने केहिले प्रचण्ड नेतृत्त्वको सरकारले निम्त्याएको अन्तराष्ट्रिय हस्तक्षेपको रुपमा लिएका छन्। 

राष्ट्र संघका महासचिव जस्तो व्यक्तिको भ्रमणले विश्वमा नेपालको उचाई थप बढ्ने र पर्यटकीय गन्तब्यको रुपमा लिईने नेपाल जस्तो देशलाई फाइदा हुने एक पक्षको बुझाई रहेको छ भने अर्को पक्षले यसलाई जनयुद्दको गलपाँसो मानिएको 'सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयकमा सहमती जुटाउने प्रचण्डको रणनीतिको रुपमा लिएका छन्। 

सतहमा जलवायु परिवर्तनले हिमालयमा पुगेको असर, शान्ति सेनामा नेपालको संख्या बढाउँन र अन्य आर्थिक तथा सामाजिक विकासका मुद्दाका लागि भनिएपनि महासचिव गुटेरेसको नेपाल भ्रमण नितान्त नेपालको शान्ति प्रकृयासँग जोडिएको बताइन्छ। 

एक दशक लामो शसस्त्र युद्द त्यागेर शान्ति प्रकृयामा आएपछि सन् २००८ मा राष्ट्रसंघका महासचिव वानकि मुनले नेपाल भ्रमण गरेका थिए। शान्ति स्थापनाको लागि भनेर स्थापना गरिएको 'राष्ट्रसंघीय राजनीतिक नियोग अनमिन' २००८ देखि २०११ सम्म नेपालमा बसेपनि जनयुद्दको समयमा बेपत्ता बनाइएका तथा मारिएकाको बिषयलाई लिएर अहिले पनि नेपालका राजनीतिक दलहरुबीच सहमति जुटेको छैन।   

हत्या जस्तो जघन्य अपराधलाई गम्भीर मानव अधिकार उल्लङ्घनबाट हटाएर मानव अधिकार उल्लङ्घनमात्रै राखेर विधेयक पास गर्ने सुरमा अहिले  सत्ता साझेदार रहेका तत्कालिन विद्रोही पक्ष माओवादी र सरकार पक्ष नेपाली काँग्रेस छन्। तर नेकपा एमालेले फरक मत राख्दै आएको छ। हत्या जस्तो गम्भीर अपराधलाई मानवअधिकार उल्लङ्घनको बिषयमात्रै मानेर पीडकलाई उन्मुक्ति दिने लगायतका प्रावधानको कारण यो बिधेयक यथास्थितिमा अगाडी बढाउन एमालेले चाहदैन।

त्यसैले राष्ट्रसंघका महासचिव गोटेरेसको नेपाल भ्रमणलाई नेकपा एमालेलाई दबाब दिएर आफु अनुकुल बिधेयक पास गराउने प्रचण्डको रणनीतिको रुपमा पनि व्याख्या गरिएको छ। माओवादी सरकारमा रहेकै बेला सन् २००८ मा राष्ट्रसंघीय राजनीतिक नियोग अनमिन स्थापना गरिएकाले पनि यो भ्रमणलाई आफु अनुकुल बनाउन प्रचण्ड नेतृत्त्वको सरकारले भरपुर उपयोग गर्न सक्ने विश्लेषण गरिएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि विभिन्न मिडियासँग 'एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच शुक्रबार' भएको उक्त भेटघाटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण, भ्रमणका बेला हुन सक्ने शान्ति प्रक्रियाबारेको कुराकानी र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने विषयमा छलफल भएको पुष्टि गरेका छन्।

तर, एमालेकै नेताहरु भने राष्ट्र संघका महासचिवको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । एमालेका सचेतक महेश बर्तौलाले संयुक्त राष्ट्र संघको संस्थागत मान्यता बमोजिम महासचिव गुटरेसले विश्वमा शान्ति र स्थायित्व होस् भन्ने चाहना अनुसार नेपालमा पनि शान्ति र स्थायित्व होस् भनेर सोच्नु र सोही अनुसार सुझावहरु दिएमा त्यसलाई अन्यथा मान्न नहुने बताएका छन्।

‘संयुक्त राष्ट्र संघको मान्यता बमोजिम महासचिवले नेपालका नेताहरुसँग भेट हुँदा यहाँ शान्ति र स्थायित्व होस्, विगतमा भएको द्वन्दको व्यवस्थापका बाँकी काम चाँडै सकियोस् भनेर उहाँले चाहना राख्नु स्वभाविक हो’ एमाले सचेत बर्तौलाले भने, ‘यी कुराहरु टीआरसी विधेयकसँग जोडिएका विषय हुन्, यसबारे उहाँले टीआरसी विधेयक के कसरी अघि बढिरहेको छ भनेर चासो राख्न सक्नुहुन्छ । तर, यो हाम्रो घरेलु मामिला हो, उहाँले यसो गर, उसो गर भन्नु हुँदैन ।’

उनले संयुक्त राष्ट्र संघ जस्तो ‘ग्लोबल फोरम’को नेतृत्व नै नेपाल आउनु भनेको विश्व ‘डिप्लोमेशी’मा नेपालको उपस्थिति दह्रो हुँदैछ भन्ने सन्देश पनि भएको बताए । 

‘संयुक्त राष्ट्र संघ विश्व शान्तिको मान्यता अनुसार सोही मिशन बोकेको ग्लोबल अर्गनाइजेशन हो, यस्तो ग्लोबल फोमरको महासचिव नेपाल आएर विभिन्न ठाउँको भ्रमण गर्दा विश्व भरी नै नेपालको पर्यटनबारे कहीँ न कहीँ सकारात्मक प्रचार पनि हुन्छ’ सचेतक बर्तौलाले थपे, ‘१९३ देश सदस्य रहेको राष्ट्र संघ जस्तो संस्थाको महासचिव आउँदा विश्व डिप्लोमेशीमा नेपालको उपस्थितिको कुरा पनि आउँछ, नेपालको छवीको कुरा पनि हुन्छ । यसकारण उहाँको भ्रमणलाई सकारात्मक रुपमा नै लिनुपर्छ ।’

पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता डा. भीम रावल भने गुटेरेसको भ्रमणलाई शंकाको दृष्टिले हेरेका छन् । नेपालको हातमा आएको अधिकार फेरी राष्ट्र संघलाई बुझाउन खोज्नु गैरजिम्मेवार निकम्मा चरित्रको द्योतक भएको उनी बताउछन् । यसमा शिर्ष नेता किन रमिते बनेका भन्दै उनले प्रश्न गरेका छन् ।

उनले भनेका छन् 'संयुक्त राष्ट्र संघले अल्झाउन खोजेको 'शान्ति प्रक्रिया' संयुक्त राष्ट्र संघको नियोगलाई नेपालबाट बिदा गरेपछि मात्र अघि बढेको जान्दाजान्दै प्रधानमन्त्री प्रचण्डले नेपालको हातमा आएको अधिकार फेरी राष्ट्र संघलाई बुझाउन खोज्नु गैरजिम्मेवार निकम्मा चरित्रको द्योतक हो।यस्तो कुकर्म नहोस् ।शीर्ष नेता रमिते किन?'

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा नेपाल आएका गोटेरेसले प्रधानमन्त्री प्रचण्डका साथै विभिन्न दलका नेतासँग नेपालको शान्ति प्रकृया टुंगोमा पुर्याउने, शान्ति सेना, दिगो विकास लक्ष्यका बिषयमा छलफल गर्ने ताता जलबायु परिवर्तनले असर परेका नेपालका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ। पोर्चुगलका पुर्वप्रधानमन्त्री गुटेरेसको राष्ट्र संघको महासचिवको रुपमा यो दोस्रो कार्यकाल हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved